आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

पत्रकार दिपेन्द्र दोङ तामाङको निधन

गोकर्णेश्वर खबर११ चैत्र २०७९, शनिबार २२:०८ मा प्रकाशित (१ साल अघि) ११८ पाठक संख्या

११ चैत, काठमाडौं । पत्रकार दीपेन्द्र दोङ तामाङको निधन भएको छ । ब्रेन स्ट्रोक भएर एक सातादेखि मेडिसिटी हस्पिटलमा उपचाररत ४४ वर्षे तामाङको आज दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

इमेज एफएफ, सिटिजन एफएफ, रेडियो जनतालगाय मिडियाको सम्पादकीय भूमिकामा रहेर काम गरिसकेका उनी पछिल्लो समय मध्यान्ह दैनिकको प्रमुख कार्यकारी सम्पादनको रुपमा रहेका थिए ।

लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका तामाङ इमेज एफएमको संवाददाता, सिटिजन एफएमको समाचार प्रमुख, जनता प्रशारण तथा प्रकाशन लिमिटेडद्वारा सञ्चालित रेडियो जनता एफएमको स्टेशन म्यानेजर र जनता खबर डटकमका सम्पादक रहेका थिए ।