आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

सामाजिक सञ्जालमा हुने खर्च बुझाउन आयोगको आग्रह 

गोकर्णेश्वर खबर२५ आश्विन २०७९, मंगलवार ०८:२७ मा प्रकाशित (१ साल अघि) १४१ पाठक संख्या

२५ असोज, काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरूको फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा हुने चुनावी प्रचारप्रसारको खर्च विवरण आयोगमा बुझाउन आग्रह गरेको छ । आयोगले सामाजिक सञ्जालमा हुने खर्चलाई पनि चुनावी खर्चमा मान्ने जनाएको छ । सामाजिक सञ्जालमा सामग्री (विज्ञापन) राखेमा त्यसमा लागेको खर्च विवरणसमेत निर्वाचन आयोगमा बुझाउनुपर्ने भएको हो ।

निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालकोसमेत प्रयोग गरी चुनावी प्रचार गर्न थालिएको देखिएकोले यस्तो खर्चको विवरण राख्न राजनीतिक दलहरू र उम्मेदवारहरूलाई आग्रह गरेको हो ।

सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानुनबमोजिम पेश गर्ने निर्वाचन खर्च विवरणमा समावेश गरे वा नगरेको अनुगमन र परीक्षणसमेत गरिने आयोगले जनाएको छ।