आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

कांग्रेस संस्थापन इतर समूहकाे बैठक काेइरला निवासमा

गोकर्णेश्वर खबर१ श्रावण २०८०, सोमबार ११:०१ मा प्रकाशित (९ महिना अघि) १२७ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूह केन्द्रीय सदस्य शेखर कोइराला निवासमा जुटेको छ । मंगलबार देखि शुरु हुने केन्द्रीय समितिको बैठकमा आफूहरु कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न लागेको हो ।

बैठकमा महामन्त्री गगन थापा र केन्द्रीय सदस्य कोइराला सहितका नेताहरु रहेको बताइएको छ ।

सभापति देउवाले आज दिउँसो पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाउनुभएको छ ।