आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

कांग्रेस पदाधिकारी बैठक बस्दै

गोकर्णेश्वर खबर१ श्रावण २०८०, सोमबार १०:५२ मा प्रकाशित (९ महिना अघि) ९० पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दैछ। केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्नका लागि बैठक बस्न लागेको हो।

सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई केन्द्रिय समिति बैठकमा छलफल गर्ने एजेण्डा तय गर्नका लागि पदाधिकारी बैठक दिउँसो २ बजे बोलाएको छ।

देउवाले आज पदाधिकारीसँग छलफल गरेपछि भोलि (मंगलबार) बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पुनः छलफल गर्ने बुझिएको छ। गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको निधनपछि स्थगित बैठक साउन २ गते बस्दैछ। आजको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने बताइएको छ।