आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

राजश्व उठ्न समस्या : अर्थमन्त्री

गोकर्णेश्वर खबर१९ असार २०८०, मंगलवार १५:३१ मा प्रकाशित (१0 महिना अघि) १४२ पाठक संख्या

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले अहिले अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख रहेको यद्यपि समस्यामुक्त भइनसकेकोे बताउनुभएको छ ।

मन्त्रीले संसदको अर्थसमितिमा कुनै पनि देश अर्थतन्त्र समस्यामुक्त नहुने र आइपर्ने समस्याका लागि समाधानको बाटो पहिल्याउँदै जानुपर्ने बताउनुभयो । मन्त्री महतले २००७ सालपछि मात्रै भौतिक विकासको शुरुवात भएको र अहिलेको कालखण्डमा राजनीतिक आरोह अवरोहबाट गुज्रिनु परेकाले नेपाल भौतिक विकासमा पछि परेको धारणा राख्नुभयो ।

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री डा। महतले अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रालयले समन्वयकारी भूमिका खेलिरहेको प्रष्ट्याउनुभयो । उहाँले राजश्व उठ्ने विषयमा समस्या देखिएको तर प्रगति भइरहेको बताउँदै राजश्व संकलन निर्धारित लक्ष्य अनुसार हुन राजश्व संकलन निर्धारित लक्ष्य अनुसार हुन नसकेको समेत स्वीकार गर्नुभयो ।

गत वर्षभन्दा ० दशमलब ५२ प्रतिशत बढी राजश्व उठाउन सक्ने बताउँदै मन्त्री महतले कसिलो मौद्रिक नीति राष्ट्र बैंकले अपनाएकोले आवश्यक मुद्रा प्रवाह अर्थतन्त्रमा हुन नसकेको स्पष्ट पार्नुभयो । मन्त्री महतले ब्याजदर बढ्यो तर निजी क्षेत्रबाट लगानी बढ्न नसकेको बताउँदै पूँजीगत खर्च हुन नसकेको दाबी गर्नुभयो ।