आज: २८ बैशाख २०८१, शुक्रबार | Fri, 10, May, 2024

अमेरिका देखि अष्ट्रेलियासम्म पुग्छ नेपाली अचार

गोकर्णेश्वर खबर१९ असार २०८०, मंगलवार ११:१६ मा प्रकाशित (१0 महिना अघि) १६२ पाठक संख्या

काठमाडौं,असार १९ । नेपालले विश्वको विभिन्न मुलुकमा अचार निर्यात गर्दै आएको छ । चालू आर्थिक वर्षको ११ महीनामा मात्रै १० करोड ४ लाख २८ हजार रुपैयाँ बराबरको अचार निर्यात गरेको भन्सार विभागको तथ्याङ्क छ । उक्त मूल्यको १ लाख ५० हजार ५१६ किलोग्राम अचार निर्यात गरेको हो ।
गत वर्षको सोही अवधिमा नेपालले २ करोड ६९ लाख ९४ हजार रुपैयाँको ४२ हजार २९३ किलोग्राम अचार निर्यात गरेको थियो । गत वर्षको उक्त अवधिको तुलनामा यो वर्षको सो अवधिमा अचार निर्यात परिमाणमा २५५ प्रतिशत र मूल्यमा २७२ प्रतिशतले बढेको छ ।

नेपालले अस्ट्रेलिया, बेल्जियम, क्यानडा, हङकङ, इटाली, जापान, कोरिया, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका लगायतका देशहरूमा आचार निर्यात गर्दै आएको छ ।

नेपालबाट सबैभन्दा धेरै अचार निर्यात हुने देशमा अमेरिका छ । पछिल्लो ११ महीनामा नेपालले अमेरिकामा ३ करोड १४ लाख ३४ हजार रुपैयाँको ३९ हजार ४२० किलोग्राम अचार निर्यात गरेको छ ।
त्यसैगरी कोरियामा १ करोड ६८ लाख रुपैयाँको २८ हजार ५०० किलोग्राम, जापानमा १ करोड ६६ लाख रुपैयाँको २५ हजार २११ किलोग्राम र अष्ट्रेलियामा १ करोड १८ लाखको १६ हजार १०० किलोग्राम अचार निर्यात गरेको छ ।