आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

एनआरएनए यूकेले वंशजको नेपाली नागरिकता आन्दोलन चर्काउने

गोकर्णेश्वर खबर२२ जेष्ठ २०८०, सोमबार ०७:४४ मा प्रकाशित (१0 महिना अघि) १७० पाठक संख्या

लण्डन। एनआरएनए यूकेले वंशजको नेपाली नागरिकता निरन्तरता आन्दोलन चर्काउने भएको छ ।

यही मुद्दामा अन्तरक्रिया गर्न एनआरएनए यूकेले आउंदो ११ जुन आइतबार दिउसो १.३० बजे आफ्नै कार्यालयमा बेलायतस्थित प्रवुद्ध वर्ग र कानूनविदहरुसंग एक वहस राखेको छ ।

त्यस दिनको निचोडसहित नेपाल सरकारलाई ज्ञापनपत्र दिन एक प्रतिनिधिमण्डल नेपाल समेत जाने
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले जनाए ।

उक्त अन्तरक्रियामा अब वंशजको नेपाली नागरिकता निरन्तरता आन्दोलनलाई प्रभावकारी बनाउन के गर्नुपर्ला? राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्ध जान हामीलाई के कस्ता कानूनी उपाय छन्? आदि विषयमा वहस हुने बताइएको छ ।

कार्यक्रममा बेलायतका प्रवुद्ध वर्ग, कानूनविद, भूतपूर्व गोर्खा अभियन्ताबाहेक नेपालमा विधेयक प्रमाणीकरणविरुद्ध अदालतमा रिट दायर गरेका वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने समेत जुममार्फत जोडिने एनआरएनए यूकेले जनाएको छ ।

‘राष्ट्रपतिबाट प्रमाणीकरण भएपनि राजपत्रमा प्रकाशित हुन ९१ दिन लाग्ने र यस प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा समेत रिट निवेदन परेकाले हामीहरु सबै एकजुट भएर राष्ट्रपति र नेपाल सरकारको कदमको प्रतिवाद गर्न तड्कारो आवश्यकता छ’- एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले भने, ‘हामी कार्यक्रममा सहभागिताका लागि अनुरोध गर्दछौं ।

नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार संसद् छलेर असंवैधानिक रूपमा नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।