आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

गोकर्णेश्वर नगरपालिकाको संगम टोल नेवा खल संस्थालाई ढिमे बाजा हस्तान्तरण

गोकर्णेश्वर खबर९ जेष्ठ २०८०, मंगलवार २०:४८ मा प्रकाशित (११ महिना अघि) ११४ पाठक संख्या
काठमाण्डौ, गोकर्णेश्वर नगरपालिका वडा नं ३ र ४ को सिमानामा रहेको संगम टोल नेवा: खल संस्थालाई एक कार्यक्रमको आयोजना गरि मौलिक सांस्कृतिक ढिमे बाजा हस्तान्तरण गरिएको छ।
संगम टोल नेवा खल समुहका अध्यक्ष सत्यनारायण श्रेष्ठको सभा अध्यक्षता,गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यता, वडा नं ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुईकेलको विशेष आतिथ्यता समुहका उपाध्यक्ष दुर्गा श्रेष्ठ,सचिव रोमियो श्रेष्ठ,कोषाध्यक्ष देवराज श्रेष्ठ लगायतको उपस्थितिमा ढिमे बाजा ३ वटा ,बाँसुरी ८ वटा,भोअक्ष १ सेट बितरण गरिएको थियो।