आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वर ३ स्थित हात्ती पाइले गणेश मन्दिरमा हात्तीको मुर्ति उद्घाटन

गोकर्णेश्वर खबर७ असार २०७९, मंगलवार १९:४५ मा प्रकाशित (१ साल अघि) २४३ पाठक संख्या

७ असार, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ३ स्थित हात्ती पाइले गणेश मन्दिरमा हात्तीको मुर्ति उद्घाटन भएको छ । आज विधिवत् पुजा गरी नगरपालिकाका मेयर दिपक रिसाल, उपमेयर सान्नानी लामाले हात्तीको मुर्ति उद्घाटन गरेका छन् ।

सुन्ताखान युवा क्लबका अध्यक्ष हरिबोल विष्टको विशेष पहल एवम् गोकर्णेश्वर नगरपालिकाका प्रथम मेयर सन्तोष चालिसेको विशेष सहयोगमा नगरपालिकाको आठौं नगर सभाबाट विनियोजित रु ५ लाखको लागत र गणेश मन्दिर संरक्षण समितिको जनश्रमदानबाट हात्तीको मुर्ति निर्माण सम्पन्न भएको हो ।

गोकर्णेश्वर नगरपालिकाका प्रथम मेयर सन्तोष चालिसे, प्रथम उपमेयर शान्ति नेपालको विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुइकेल, वडा नं. ९ का वडा अध्यक्ष राजिव थापा, समाजसेवी किरण विष्ट, समाजसेवी हर्क बहादुर तामाङ लगायतको आतिथ्यता र उल्लेख्य संख्यामा स्थानीयको उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख दीपक रिसालले वडा नं. ३ पर्यटकीयरुपमा विकासका लागि धेरै संभावना भएको क्षेत्र भएकोले पर्यटकीय आकर्षण र स्थानीय ठाउँको पहिचानका लागि सुन्दर हात्तीको मुर्ति निर्माण जस्ता कामहरु महत्वपूर्ण हुने बताए ।

यसैगरी, निवर्तमान नगर प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकाले सांस्कृतिक क्षेत्रको विकासमा धेरै काम गरेकोमा जोड दिनु हुँदै स्थानीयको सक्रियताले विकासका कामहरु धेरै हुने उदाहरण वडा नं. ३ भएको बताए ।

हात्तीपाईले संरक्षण उपभोक्ता समितिका सचिव दिक्पाल भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य सुन्ताखान युवा क्लबका अध्यक्ष हरिबोल विष्टले गरेका थिए ।

गोकर्णेश्वर नगरपालिकाको आठौं नगर सभाबाट विनियोजित रु ५ लाखको लागत र जनश्रमदानबाट हात्तीको मुर्ति निर्माण सम्पन्न भएको हो ।