आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

अष्ट्रेलियामा कोभिड पोजेटिभ भएका सयौँलाई नेगेटिभ रिपोर्ट दिएपछि

गोकर्णेश्वर खबर१४ पुष २०७८, बुधबार १२:०४ मा प्रकाशित (२ साल अघि) ६०७ पाठक संख्या

१४ पुष । सिड्नीको एउटा प्रयोगशालाले कोभिड पोजेटिभ भएका व्यक्तिलाई पनि नेगेटिभ रिपोर्ट दिएको छ । कोरोना सङ्क्रमण बढिरहेका बेला क्रिसमसको समयमा सिडप्याथ प्रयोगशालाले नै गलत रिपोर्ट दिएको हो ।

आफ्नो त्रुटिका लागि प्रयोगशालाले माफी मागेको छ । कर्मचारीमा कामको चापले त्रुटि हुन गएको प्रयोगशालाको भनाई छ । तथ्याङ्क प्रशोधनसम्बन्धी त्रुटिले गलत नतिजा आएको प्रयोगशालाले जनाएको छ ।

क्रिसमसको अघिल्लो दिन ८८६ जनाले सो प्रयोगशालामा कोभिड परीक्षण गरेका थिए । तीमध्ये ४०० जनाको रिपोर्ट गलत आएको थियो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको त्रासबीच न्यू साउथ वेल्समा कोभिड परीक्षण गर्न चाहने व्यक्तिको सङ्ख्या उल्लेख्य छ ।

प्रयोगशालाको क्षमताभन्दा बढी मानिसको चाप बढेपछि अधिकांशलाई फर्काइएको छ । यसैबीच गलत रिपोर्ट आएका सङ्क्रमित व्यक्तिहरुले अन्य व्यक्ति र आफन्तलाई सङ्क्रमण सारेको हुन सक्ने भन्दै भनें चिन्ता व्यक्त गरेका छन् ।