आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

एकैदिन १ हजार रुपैयाँले बढ्यो सुनको भाउ

गोकर्णेश्वर खबर२ पुष २०७८, शुक्रबार १३:४४ मा प्रकाशित (२ साल अघि) ४३३ पाठक संख्या

काठमाडौं । शक्रबार सुनको भाउ एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ तोकेको छ ।

जुन अघिल्लो दिनको तुलानामा एक हजार रुपैयाँले बढी हो । महासंघका आजका लागि तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँमा तोकेको छ ।
बिहीबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । पुस लागेयताको दुई दिनमा मात्रै सुनको भाउ तोलामा एक हजार ७०० रुपैयाँले बढेको हो ।

शुक्रबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार २५० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन पनि चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।