आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

काठमाडौँ क्षेत्र नं ३ महाधिवेशन प्रतिनिधिमा सर्वाधिक धेरै मत ल्याउने ३ उम्मेदवारहरु

गोकर्णेश्वर खबर२३ मंसिर २०७८, बिहीबार २१:२४ मा प्रकाशित (२ साल अघि) ६८७ पाठक संख्या

काठमाडौं । काठमाडौंमा नेपाली काँग्रेसको बलियो क्षेत्र मानिएको काठमाडौँ क्षेत्र नं ३ मा केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवारहरु क–कसले लोकप्रिय मत ल्याएका छन् भन्ने जिज्ञासा क्षेत्रभरी रहेको छ ।

काठमाडौं क्षेत्र नं. ३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हरिबोल भण्डारी, छिरिङ दोर्जे लामा र नारायण बहादुर सुवेदीले क्रमशः पहिलो, दोश्रो र तेश्रो लोकप्रिय मत पाएका छन् ।

नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका हरिबोल भण्डारीले २३८ मत प्राप्त गरेका छन् । यसैगरी नेपाली कांग्रेस वागमति प्रदेश दलका सचेतक तथा प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामाले २०१ मत प्राप्त गरेका छन् ।

यसैगरी गोकर्णेश्वर नगरपालिका वडा नं. ५ का कांग्रेसका पूर्व इकाई सभापति तथा वडा अध्यक्ष नारायण बहादुर सुवेदीले १९९ मत प्राप्त गरेका छन् ।

१० जना केन्द्रीय महाधिवेशन प्रतिनिधि कसले कति मत पाए ?

१) हरिबोल भण्डारी २३८ मत ।
२) छिरिङ दोर्जे लामा २०१ मत ।
३) नारायण बहादुर सुवेदी १९९ मत ।
४) दुर्गा बराल १९४ मत ।
५) रमेश अर्याल १८५ मत ।
६) डुजाङ शेर्पा १८४ मत ।
७) कृष्ण जी खड्का १८० मत ।
८) परशुराम पोखरेल १७४ मत ।
९) कुमार राज सुवेदी १७२ मत ।
१०) जगन्नाथ धिमाल १६५ मत ।