आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

एमालेको वडा अधिवेशन देशभर कात्तिक ६ गते, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्नुहुने

गोकर्णेश्वर खबर३१ आश्विन २०७८, आईतवार १९:१४ मा प्रकाशित (२ साल अघि) ५३४ पाठक संख्या

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कात्तिक ६ गते शनिबार देशैभरका सबै स्थानीय तहका वडाहरुको अधिवेशन एकसाथ उद्घाटन गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले वडा अधिवेशन भर्चुअल माध्यमबाट उद्घाटन गर्नुहुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

कात्तिक ६ गते बिहान ११ बजे पार्टी अध्यक्ष ओलीले देशभरका ६ हजार ७ सय ४३ वडाहरुमध्ये सबै स्थानमा इन्टरनेटको पहुँच नभएका कारण झण्डै पाँच हजारभन्दा बढी वडाहरुको एकसाथ भर्चुअल उद्घाटन गर्नुहुनेछ । यसैलाई नै औपचारिक उद्घाटन मानिनेछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गत असोज १५ देखि १७ गतेसम्म सम्पन्न भएको विधान महाधिवेशनले यो मिती तय गरेको कार्यालय सचिव तामाङले बताउनुभयो ।

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म बुटवलमा गर्ने कार्यतालिका रहेको छ ।