आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

जनसम्पर्क समिति स्विडेनको आयोजनामा बृहत बनभोज कार्यक्रम

गोकर्णेश्वर खबर५ श्रावण २०७८, मंगलवार ०७:४१ मा प्रकाशित (२ साल अघि) ३९७ पाठक संख्या

काठमाडौँ  । स्विडेनस्थित नेपाली जनसम्पर्क समितिको आयोजनामा बृहत बनभोज कार्यक्रम सम्पन्न भएको छ । नेपाली समुदायबीच एक आपसमा परिचय गर्न र आत्मियता बढाउने उद्धेश्यले बनभोज कार्यक्रमको आयोजना गरिएको हो ।
१७ तारिख अर्थात शनिबारका दिन आयोजना गरिएको उक्त कार्यक्रममा स्विडेनस्थित नेपाली समुदायको बाक्लो उपस्थिती रहेको जसस स्विडेनका सभापति नविन थपलियाले जानकारी दिए । उनका अनुुसार राजधानी स्टकहोल्मस्थित हेसल्बी स्त्रान्डमा बनभोज कार्यक्रमको आयोजना गरिएको थियो ।


साँगितिक कार्यक्रमले बनभोजलाई थप रौनकता दिएको थियो । कोरोना कहरको त्रासलाई मेटाउन पनि कार्यक्रमको आयोजना गरिएको बताइएको छ । रबिन्द्र महर्जनको नेतृत्वमा भएको सांगितिक कार्यक्रमले सहभागिहरुलाई छमछमी नचाएको थियो ।

हरेक बर्ष आयोजना गरिने यो कार्यक्रम यसबर्षको पहिलो र महत्वपूर्ण भएको सभापति थपलिया बताउँछन । ‘यस्ता कार्यक्रम नेपाली समुदायबीच एक आपसमा परिचय हुने र आत्मियता बढाउन सहायक हुनेछ ।’ उनले भने, ‘पेशा व्यवसाय र कोरोना महामारीका कारण एकआपसमा भेटघाट नभएको बेला बनभोज कार्यक्रमले सबैलाई एकैथलोमा भेटघाट गर्न सजिलो बनाइदियो ।’
कार्यक्रम सम्पन्न गर्न र निमन्त्रणालाई स्विकार गरी टाढा टाढाबाट आउनुभएका नेपाली दाजुभाई तथा दिदी बहीनीहरुलाई धन्यवाद ज्ञापन गर्दै सभापति थपलियाले एक नेपालीले अर्को नेपालीको सम्मान गर्नुपर्नेमा जोड दिए ।