आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

उपत्यकामा सङ्क्रमित सङ्ख्या क्रमिक रुपमा घट्दै, निको हुने बढे

गोकर्णेश्वर खबर६ जेष्ठ २०७८, बिहीबार १६:११ मा प्रकाशित (२ साल अघि) ५८३ पाठक संख्या

काठमाडौं, जेठ ६ गते । पछिल्लो एक साता काठमाडौं उपत्यकामा कोरोनाभाइरस (कोभिड–१९)को सङ्क्रमण दर घटिरहेको छ । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशभर आठ हजार १७३ जनामा सङ्क्रमण पुष्टि हुँदा उपत्यकामा दुई हजार ४६८ थपिएका छन् ।
एक साता अघि उपत्यकामा २४ घण्टामा करिब चार हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि हुने गरेको अहिले निरन्तर रुपमा नयाँ सङ्क्रमण दर घट्न थालेको छ ।
एक साता यता उपत्यकामा नयाँ सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । वैशाख अन्तिम सातादेखि उपत्यकामा सक्रिय सङ्क्रमितको दैनिक घट्न थालेको हो ।
चैत २९ गते देशभर ९ हजार २३८ जना सङ्क्रमित पुष्टि भएमध्ये उपत्यकामा तीन हजार ९२४ जना थपिएका थिए । काठमाडौंमा तीन हजार २५०, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जना सङ्क्रमित थपिएका थिए ।
चैत ३० गते उपत्यकामा तीन हजार ५६२ जना सङ्क्रमित थपिदा देशभर आठ हजार ८४२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यस दिन काठमाडौंमा दुई हजार ७३३, ललितपुरमा ४८१ र भक्तपुरमा ३४८ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
त्यस्तै चैत ३१ गते देशभर आठ हजार ४६७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । जसमध्ये उपत्यकामा तीन हजार ३४९ सङ्क्रमित थपिएका थिए । जसमध्ये काठमाडौंमा दुई हजार ४५८, ललितपुरा ५५६ र भक्तपुरमा ३३५ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
उपत्यकामा वैशाख अन्तिम सातासम्म तीन हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भइरहेकोमा जेठको पहिलो दिन सङ्क्रमण हुनेको सङ्ख्या केही कमि आएको थियो ।
यसैगरी जेठ १ गते उपत्यमामा दुई हजार ९३७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । जसमध्ये काठमाडौंमा दुई हजार १४६, ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यस दिन देशभर आठ हजार ४६ जना सङ्क्रमित थपिएका थिए ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार जेठ २ गते उपत्यकामा दुई हजार ६०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । जसमध्ये काठमाडौंमा एक हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९१ जना थिए । यस दिन देशभर सात हजार ३६८ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
यसैगरी जेठ ३ गते उपत्यकामा तीन हजार ९८ जना सङ्क्रमित थपिएका छन् । जसमध्ये दुई हजार ३४६, ललितपुरमा ४५४ र भक्तपुरमा २९८ जना सङ्क्रमित थपिएका थिए भने देशभर नौ हजार १९८ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
जेठ ४ गते देशभर आठ हजार १३६ जना सङ्क्रमित थपिएका मध्ये उपत्यकामा दुई हजार ६३५ जनामा सङ्क्रमण पुष्टि भएको थियो । जसमध्ये काठमाडौंमा दुई हजार ४९, ललितपुरमा ३६५ र भक्तपुरमा २२९ जना रहेका छन् ।
यसैगरी जेठ ५ गते काठमाडौं उपत्यकामा दुई हजार ४८६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार काठमाडौंमा एक हजार ९८८, ललितपुरमाम २७० र भक्तपुरमा २२८ जना सङ्क्रमित थपिएका हुन् । यस दिन देशभर आठ हजार ६४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।