आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

कोरोनाविरुद्धको खोप लगाएका ५ सय बढी प्रहरीलाई संक्रमण

गोकर्णेश्वर खबर६ जेष्ठ २०७८, बिहीबार १४:४१ मा प्रकाशित (२ साल अघि) ४३० पाठक संख्या

काठमाडौं । कोरोनाविरुद्धको पहिलो डोज (मात्रा) खोप लगाएका ५ सय प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतकाअनुसार खोप लगाइसकेका ५ सयभन्दा बढीमा संक्रमण देखिएको छ । हाल प्रहरीका ७ जना आइसियूमा उपचाररत छन् । १ सय १३ जना अस्पतालमा उपचार गराइरहेका छन् ।

५ सय १४ जना होम आइसोलेसन र संस्थागत आइसोलेसन सेन्टरमा छन् । हालसम्म ७ हजार ७ सय १४ जना संक्रमणमुक्त भएर काममा फर्किसकेका छन् ।

संक्रमणबाट अहिलेसम्म १० जना प्रहरीको ज्यान गएको छ । प्रहरीमा १६ हजार ३ सय ४८ जनाले दोस्रो चरणको खोप लिइसकेका छन् ।