आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

टेकु अस्पतालमा बेड अभाव, कोरोना संक्रमितको भुइँमै उपचार

गोकर्णेश्वर खबर५ जेष्ठ २०७८, बुधबार १७:२९ मा प्रकाशित (२ साल अघि) ३३५ पाठक संख्या

काठमाडौँ– काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्दै जाँदा संक्रमितको उपचारमा समस्या देखिएको छ ।

बेड अभाव भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोना संक्रमितको भुईंमै राखेर उपचार थालिएको छ ।

टेकुस्थित सरुवा रोग अस्पतालमा समेत बेड अभाव भएपछि आकस्मिक कक्ष बाहिर भुईंमा नै राखेर बिरामीको उपचार गरिएको हो । त्यस्तै अस्पतालको कम्पाउण्डमा नै उपचारको प्रबन्ध मिलाइएको छ ।

कोरोना संक्रमित बढेसँगै गम्भीर बिरामीको संख्या पनि थपिँदै जाँदा मुलुकभर बेड र अक्सिजनको अभाव देखिएको हो । टेकु अस्पतालमा हालै आफ्नै अक्सिजन प्लान्ट समेत स्थापना गरिएको छ ।