आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

जापानको फुकुसीमामा ६ म्याग्नीच्यूडको भूकम्प

गोकर्णेश्वर खबर३१ बैशाख २०७८, शुक्रबार १६:०५ मा प्रकाशित (३ साल अघि) २६६ पाठक संख्या

काठमाडौँ – जापानको फुकुसीमा प्रिफेक्चरलाई केन्द्रविन्दु बनाएर शुक्रबार ६ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार जमिनको सतहभन्दा करिब ४० किलोमिटर गहिराई केन्द्र रहेको उक्त भूकम्प स्थानीय समय अनुसार बिहान ८ बजेर ५८ मिनेटमा आएको थियो ।

उक्त भूकम्पको तिब्रता त्यति बढी नभएको भन्दै विभागले सुनामीको चेतावनी जारी गरेको छैन । भूकम्पीय जोखिममा रहेको जापानमा वर्षैभरि सानाठूला भूकम्प गइरहन्छन् । (रासस–सिन्ह्वा)