आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वर मुवांथाइ नगर कमिटीको आयोजनमा ‘नेपाल मुवाथाई च्यामपियन’ भोली हुने

गोकर्णेश्वर खबर१३ चैत्र २०७७, शुक्रबार १९:३२ मा प्रकाशित (३ साल अघि) ५४२ पाठक संख्या

काठमाडौं , गोकर्णेश्वर  मुवांथाइ नगर कमिटीको आयोजनमा ‘नेपाल मुवाथाई च्यामपियन’ हुने भएको छ । स्वास्थ्यको लागि खेलकुद अनि राष्ट्रकोको लागि खेलाडी भन्ने मूल नाराको साथमा २७ मार्च अर्थात २०७७ साल चैत्र १४ गते गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर मन्दिर प्रांगणमा हुन लागेको  गोकर्णेश्वर मुवांथाइ नगर कमिटी अध्यक्ष सानुकुमार श्रेष्ठले जानकारी गराए।

उनले राष्ट्र र राष्ट्रियतालाइ  विश्वमा चिनाउने महत्वपूर्ण क्षेत्र भनेको खेल जगत रहेको भन्दै खेल चिनाउन मात्र नभई देश भित्ररहेका युवाहरुलाइ एकीकृत गरि देशको नागरिकको हकहित एबम  राष्ट्रिय समस्याको मुलधारमा आफ्ना आवाजहरु बुलन्द गर्ने संघ संस्था पनि भएको जानकारी गराए उनले त्यसमा पुरानो आफ्नै गाथा बोक्न सफल मुवांथाई कि बक्सिंङ इतिहास सबिको सामु छर्लङ्ग रहेको बताए ।

मुवाथाई मर्सलआर्टका ८ वटा विधा प्रयोग गरि एक फुल कन्ट्रयाक खेल हो । जसमा विपक्षि खेलाडीसँग खेल्दा हात खुट्टा इम्बोल्स, फिस्टस्, नी, र सिन्स को प्रयोग गरिन्छ।मुवाथाई खेलको सुरुवात थाईल्याण्डबाट भएको हो । यस खेललाई मार्सलआर्टको राजा मानिन्छ । खेल एक सताब्दी भन्दा पुरानो भइसकेको छ । मुवाथाई प्रोफेशनल खेल येम्बिचार सेमी प्रो र प्रोफशनल गरि तीन किसिमबाट खेलाइन्छ, जुन हरेक राउण्ड  ३ मिनेटको हुने  पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष सानुकान्छा श्रेष्ठले जानकारी दिए ।मुवांथाई  खेल नेपालको लागि नया खेल हो जुन प्रोफेसनल खेल चाहि मुवांथाई वृत्तमा मात्र नभई आम खेल वृत्तमा नै नविन पहिचान बोकेको खेल भएको बताउदै उनले नेपालमा नेशनल मुवांथाई खेलको स्थापना २०१२ मा राष्ट्रिय खेलकुद परिषदमा दर्ता नं ११३मा दर्ता भएको समेत जानकारी गराए ।

उनले सो खेलको उदेश्य माथि प्रकाश पर्दै रक्षात्मक तथा आक्रामक योजना तथा विशिष्ट रणनीतिक कुराहरुको विकास गरि हरेक क्रियाकलापहरुलाई अगाडी बढाउन मदत गर्ने बताए। उनले देश गाउ र टोलमा भएका विसंगति बिकृतिहरु र कुलतमा लागेका युवाहरुलाई सहि दिशामा लाग्न उत्प्रेरित गराउन सहयोग पुग्ने बिश्वासका साथ् कार्यक्रम आयोजना गर्न लागेको बताए ।उनले गोकर्णेश्वर नगरपालिकाका खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिई बिभिन्न पदक हासिल गरि देशको नाम राख्न सफल भएको बताउदै सो कार्यक्रमलाइ पनि सफल बनाउन सबैको सहयोगको अपेक्षा गरेका छन ।  उनले देशभर छरिएर रहेका प्रतिभाशाली खेलाडीको प्रतिभा उजागर एवम् खेलकुद क्षेत्रको विकास र विस्तारका लागि प्रतियोगिता आयोजना गर्न लागिएको पनि बताए। पत्रकार सम्मेलनमा मुवांथाइका कोषाध्यक्ष निराजन सेढाई, सदस्य शिवहरी श्रेष्ठ ,श्याम कृष्ण श्रेष्ठ नोर्सांग शेर्पा,सहसचिब प्रकाश बस्नेत सहित खेलाडी र  पत्रकारहरुको उपस्थिति रहेको थियो