आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

माधव पक्षको भेलामा २ हजार बढी नेता-कार्यकर्ता उपस्थित हुने (प्रेस वक्तव्यसहित)

गोकर्णेश्वर खबर३ चैत्र २०७७, मंगलवार १५:३३ मा प्रकाशित (३ साल अघि) ५४८ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कर्ताकर्ता भेलाको आयोगजना गर्ने भएको छ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयका विरुद्धमा नेपाल–खनाल पक्षले चैत ४ र ५ गते गर्ने भेलामा २ हजार बढी नेता–कार्यकर्ता सहभागी हुने भएका छन् ।
भंगलबार राजधानीमा सो भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले सम्पूर्ण तयारी पुरा भएको बताए । उनले भेलामा पार्टी केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र पेश गर्दै पारित गरिने जानकारी दिए ।
यस्तै एमाले स्थायी समिति सदस्य तथा नेता सुरेन्द्र पाण्डेले एमाले एकतावद्ध बनाउनुको साटो पार्टी एकताको महत्व घटाउन खोजेको बताए । आफ्नो पक्ष एमाले एकताकै पक्षमा रहेको र त्यसको पुष्टि गर्न भेला बोलाइएको उनको भनाई छ ।
‘पार्टीको विधानमा यस्ता भेला गर्ने, नेता कार्यकर्ताको भावना बुझ्ने र त्यसअनुसार विचारलाई एकरुपता दिने व्यवस्था गरिको छ’, पाण्डेले भने ।
प्रेस वक्तव्य