आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

सनी लियोनीलाइ २९ लाख ठगीको आरोप

गोकर्णेश्वर खबर२७ माघ २०७७, मंगलवार २३:३३ मा प्रकाशित (३ साल अघि) ४२७ पाठक संख्या

एजेन्सी – बलिउड अभिनेत्री सनी लियोनीमाथि २९ लाख भारु ठगी गरेको आरोप लागेको छ ।
बलिउड अभिनेत्री सनी लियोनीमाथि २९ लाख भारु ठगी गरेको आरोप लागेको छ । पेरु मबरुरमा बस्ने आर श्रेयस नामका व्यक्तिले सनी लियोनीविरुद्ध २९ लाख भारु ठगीको आरोप लगाएका हुन् ।

श्रेयसका अनुसार सनी लियोनीले उनीसँग यो रकम दुई कार्यक्रमका लागि लिएकी थिइन् तर उनले कार्यक्रममा उपस्थित हुन अस्विकार गरिन् । यसै मामिलामा केरल क्राइम ब्रान्चले नायिकालाई शुक्रबार राती सोधपुछका लागि बोलाएको थियो ।

सनीले प्रहरीको सोधपुछमा आफू कोरोनाका कारण कार्यक्रममा भाग लिन असमर्थ भएको बताएकी छिन् । यो विषयमा उजुरीकर्ता र सनीबीच कुराकानी जारी छ ।