आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वर १ सुन्दरीजलका ६० जना विद्यार्थीहरुलाई लायन्स क्लबबाट कपडा वितरण

गोकर्णेश्वर खबर२० माघ २०७७, मंगलवार २३:१७ मा प्रकाशित (३ साल अघि) ७५८ पाठक संख्या

२० माघ, काठमाडौं । लायन्स कपडा बैंक अन्तर्गत लायन्स क्लब अफ विराटनगर ग्रीनसीटीका संस्थापक अध्यक्ष लायन देवकिशन मुन्दराको सहयोग तथा लायन्स क्लब अफ काठमाडौं ईन्फिनिटीको आयोजनामा  स्वीटर तथा टोपी वितरण गरिएको छ ।

आज गोकर्णेश्वर नगरपालिका वडा नं. १ मा रहेको शिवपुरी आधारभूत विद्यालयमा अध्ययन गर्ने कुने, चिलौने, सुन्दरीजलका ६० जना विद्यार्थीहरुका लागि लायन्स क्लबबाट कपडा वितरण गरिएको हो ।

कपडा वितरण कार्यक्रम पिडिजि लायन कुमारराज सुवेदीको प्रमुख आतिथ्यता र गोकर्णेश्वर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राम मानन्धरको विशेष आतिथ्यतामा भएको थियो । कार्यक्रमको अध्यक्षता काठमाडौं ईन्फिनिटीका प्रेसिडेन्ट लायन राजकुमार भण्डारीबाट भएको थियो भनें कार्यक्रम सञ्चालन लायन मधुसूदन सिग्देलले गरेका थिए ।

कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राम मानन्धरले यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई अध्ययनमा प्रोत्साहन मिल्नेमा जोड दिंदै आयोजकलाई धन्यवाद व्यक्त गरे ।