आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

नायिका सुष्मा कार्कीेमाथी कुटपिट,उजुरी दिन प्रहरीकोमा

गोकर्णेश्वर खबर२० माघ २०७७, मंगलवार २२:१४ मा प्रकाशित (३ साल अघि) ४४३ पाठक संख्या

काठमाडौं – नायिका सुष्मा कार्कीे काठमाण्डौको लण्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै प्रहरीमा उजुरी दिन पुगेकी छिन् । सुष्माले आफूमाथि नायिका स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छिन् ।

नायिका सुष्मा कार्कीले कुरा गर्दै आफूलाई उत्सवले गाली गलौज गरेको र आरतीले कुटपिट गरेको बताइन् । सुष्माले भनिन्–‘मसँग सबै भिडियो रेकर्डहरु छ । अब, जे बोल्छ भिडियोले नै बोल्छ ।’

सुष्माले नायिका स्वेता खड्काले आफूलाई अपशब्द प्रयोग गरेको पनि जानकारी दिएकी छिन् । सो समयमा उत्सव, आरतीको साथमा नायिका स्वेता खड्का र उनका पति विजयेन्द्र सिंह राउत क्लबमा नै थिए ।