आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

नायिका वर्षा सिवाकोटी र सविन जंग थापाको ब्रेकअप

गोकर्णेश्वर खबर१९ माघ २०७७, सोमबार २२:५९ मा प्रकाशित (३ साल अघि) ६५७ पाठक संख्या

काठमाडौ – अभिनेत्री वर्षा सिवाकोटीको सविन जंग थापासँगको प्रेम सम्बन्धमा पूर्ण विराम लागेको छ ।

प्रेम सम्बन्धमा गाँसिएको २ वर्ष पनि नपुग्दै उनीहरुको ब्रेकअप भएको हो । सविनले आफ्नो इन्स्टाग्राम मार्फत् वर्षाले आफूलाई धोका दिएको बताएका छन् ।

वर्षासँगका रोमान्टिक तस्विरहरु शेयर गर्दै उनले आफूलाई वर्षाले अप्ठ्यारो समयमा साथ नदिएको गुनासो पनि गरेका छन् । यद्यपि, उनले १७ महिनाको अवधिमा वर्षासँग विताएको समय असल रहेको उल्लेख गरेका छन् ।

सविनले लेखेका छन्, ‘१७ महिना अगाडि मेरो यी युवतीसँग प्रेम सुरु भयो । हजारौं हजार किमी टाढा हामीले एक अर्काको हरेक कुरालाई स्विकार गर्यौं । हामीले एक अर्कालाई खुशी राख्न धेरै कुरा गर्यौं ।

तर, तिमीले मेरो संघर्षको समयमा मलाई छोडेर गयौ ।’ उनले आफूलाई जीवनमा बुझ्ने मान्छे भेट्नु भन्दै वर्षालाई शुभकामना पनि दिएका छन् । सविन अमेरिकामा बस्ने गरेका छन् ।