आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

बेबी बम्पसहित करिनाको योगा

गोकर्णेश्वर खबर१५ माघ २०७७, बिहीबार २२:१८ मा प्रकाशित (३ साल अघि) ४९३ पाठक संख्या

काठमाडौं – बलिउड नायिका करिना कपुर खान दोश्रो पटक आमा बन्ने तयारीमा छिन् । नायक सैफअली खानसँग बिहे गरेपछि करिनाले पहिलो सन्तानको रुपमा तैमुरलाई जन्म दिएकी थिइन् । करिनाले गर्भवती भएपछि विज्ञापनको छायांकनलाई निरन्तरता दिइरहेकी थिइन् । उनी, आफै सपिङ गर्दै गरेको अवस्थामा पनि फोटोग्राफरको क्यामेरामा क्लिक भएकी थिइन् ।
उनै, करिनाले सामाजिक संजाल इन्स्टाग्रामबाट योगा गर्दै गरेको तस्वीर सार्वजनिक गरेकी छिन् । बेबी बम्प सहित करिनाले तस्वीर सार्वजनिक गर्दै योगाले मनलाई शान्त बनाउने उल्लेख गरेकी छिन् ।

करिनाले सार्वजनिक गरेको तस्वीर सामाजिक संजालमा चर्चामा छ । पहिलो सन्तानलाई जन्म दिएको केही महिनामै पूर्ण रुपमा फिट देखिएकी करिनाले बेबी बम्प सहित योगा गरेको तस्वीर सार्वजनिक गर्दै अरुलाई पनि प्रेरणा दिने सोच बनाएको वुझ्न सकिन्छ । करिनाको ‘लाल सिंह चड्ढा’ नामक चलचित्र रिलिजको तयारीमा छ ।