आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वरको सुन्ताखानमा लायन्स क्लब अफ काठमाडौँ जर्नीले १२२ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

गोकर्णेश्वर खबर२७ मंसिर २०७७, शनिबार १७:५१ मा प्रकाशित (३ साल अघि) ७०३ पाठक संख्या

काठमाडौँ । ‘लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गत ‘लायन्स क्लब अफ काठमाडौँ जर्नी’ र सुनौलो पाइलाको सहकार्यमा  शनिबार काठमाडौँको गोकर्णेश्वर सुन्ताखानस्थित श्री देवी बालसुधार मा.वि.मा अध्ययनरत १ देखि १० कक्षासम्मका विद्यार्थीलाई ट्रयाक सुटसहित शैक्षिक सामाग्री वितरण गरेको हो।

कार्यक्रममा एक सय २२ जना विद्यार्थीलाई उक्त शैक्षिक सामाग्री वितरण गरेको हो। कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, उपमेयर शान्ति नेपाल, प्रमुख सल्लाहकार दीपक रिसाल, लायन्स क्लब इन्टरनेसनलको नेपालस्थित डिस्ट्रिक ३२५ ए १ का गभर्नर टंक श्रेष्ठ, पूर्व गभर्नर अनन्त प्रसाद भेटुवाल, सेकेन्ड डिस्टिक गभर्नर कर्म गुरुङ, लायन्स लिडर, समाजसेवी याङजी लामा, अभिभावक लगायतको उपस्थिति थियो ।

क्लबकी अध्यक्ष रोजिना बिष्टले आफूले पढेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुसी भएको बताइन्।

कार्यक्रमको उद्घाटन नगरप्रमुख, डिस्टि«क गभर्नर र क्लबकी अध्यक्षले संयुक्त रुपमा गरेका थिए।