आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

स्थायी कमिटीलाई ओलीको पत्र : प्रचण्डको प्रतिवेदनको औचित्य छैन

गोकर्णेश्वर खबर२१ मंसिर २०७७, आईतवार १६:१९ मा प्रकाशित (३ साल अघि) ५२४ पाठक संख्या

मंसिर २१, काठमाण्डौ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पत्र पठाएको खुलेको छ । बैठकमा उपस्थित नभएका ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदन छलफल गर्न लायक नरहेको भन्दै पत्र पठाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा सचिवालय सचिव ईश्वर पोखरेलले ओलीको पत्र बाचन गरेर सुनाएका थिए । आजको बैठकपछि संचारकर्मीहरुसँग कुरा प्रवक्ता श्रेष्ठले बैठकमा अध्यक्षद्धयको विवादित प्रतिवेदनमाथिको छलफल मुख्य एजेण्डा रहेको बताए ।

तर उक्त एजेण्डाप्रति असन्तुष्टी हुँदै ओलीले बैठक बहिस्कार गरेका हुन् । ओली अनुपस्थितीमा कार्यकारी अध्यक्ष दाहालको अध्यक्षतामा बैठक बसेको थियो । अब अर्को बैठक मंसिर २८ गते बस्नेछ भने मंसिर २५ गतेका लागि पूर्वनिर्धारित केन्द्रिय समितिको बैठक पुष ५ गतेका लागि सारिएको छ ।