आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

छिट्टै संसद् बैठक बाेलाउन कांग्रेसकाे माग

गोकर्णेश्वर खबर२० मंसिर २०७७, शनिबार ०६:३५ मा प्रकाशित (३ साल अघि) २९४ पाठक संख्या

काठमाण्डाै – नेपाली कांग्रेसले राष्ट्रिय रूपमा उठेका तथा देश र नागरिकका ज्वलन्त विषयमा छलफल गर्नका लागि सङ्घीय संसद्को बैठक अविलम्ब बोलाउन सरकार र सभामुख समक्ष माग गर्ने निर्णय गरेको छ ।

कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबारकाे बैठकले तनहुँमा प्रहरी प्रशासनबाट दमनकारी व्यवहार भएको, कोभिड–१९ को नियन्त्रण र उपचारमा सरकारले उदासीनता देखाएको तथा स्वास्थ सामग्री खरिदमा भ्रष्टाचार भएको आरोप लगाउँदै त्यसविरुद्ध विरोध प्रदर्शन गर्ने जनाएको छ ।

पार्टीले यही मङ्सिर २९ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।