आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

नेकपा नेताहरुले सिन्कोसमेत नभाचेको भन्दै सयौ बढी नेता- कार्यकर्ता कांग्रेसमा प्रवेश

गोकर्णेश्वर खबर१९ मंसिर २०७७, शुक्रबार ०७:२६ मा प्रकाशित (३ साल अघि) ७६२ पाठक संख्या

सुमन महतारा, गुल्मी:पछिल्लो समय देशमा भएका अन्य अत्यचार,बलतकार भ्रष्टचार अनियमितता जस्ता कुराबाट जनताहरु खिन्न भएका छन ।
सरकारको काम प्रति असुन्तुष्ट जनाउँदै पछिल्लो समय गुल्मीमा नेकपा पार्टि परित्याग गर्नेको लर्के बढिरहेको छ ।

एकैदिन करिव १० दर्जन नेता कार्यक्रताले पार्टि परित्याग गरेका हुन । परित्याग गर्ने नेता कार्यकर्ताहरुको एकै स्वर थियो , घामले पोल्यो ,हर्थोडाले थिच्यो र हसियाँले काटेको भन्दै पार्टि परित्याग गरेका हुन ।

परित्यागको क्रममा एक प्रवेशि खिमराज मरासिनिले भन्नु भयो नेकपा संगठनमा वक स्वतन्त्रता नभएको र चिल्ला कुरा मात्र बढि हुने भन्दै कुुरा भन्द काम बढि गर्ने प्रचार भन्दा बढि काम गर्ने भएका कारणले पार्टि प्रवेश गरेको मरासिनिले बताए । प्रवेश गर्नेमा सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ र ९ बाट ५ दर्जन नेता कार्यक्रता र जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ५ खज्र्याङ बाट करिव ४ दर्जन नेता तथा कार्यक्रता नेपालि काङगे्रसमा प्रवेश गरेको नेपालि काङगे्रस गुल्मीका पार्टि सचिव खिलध्वज पन्थीले बताउँनु भएको हो ।

उनिहरुलाई नेपालि काङगे्रसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारि,सभापति भुवनप्रसाद श्रेष्ठ,उपसभापति बिष्णु बलाल,पार्टि सचिव खिलध्वज पन्थी महासमिति सदस्य शालिकराम पन्थी लगाएतका नेताहरुले पार्टिमा स्वागत गरेका हुन । फुल माला लगाएर प्रवेशिहरुलाई स्वागत गर्नु भएको हो । प्रवेश कार्यक्रममा पार्टीमा नयाँ प्रवेशीहरुलाई स्वागत गर्दै केन्द्रीय सदस्य डा चन्द्र भण्डारिले वर्तमान नेपाल कम्युनिष्ट पार्टीको सरकार केवल भष्ट्रचार र काण्डैकाण्डमा चुर्लुम्म डुबेकाले यतिबेला पश्चिमको अग्लुङ्ग र पूर्वको अर्बेनीबाट कांग्रेस प्रवेशीहरुको लहर बढ्दै गएको बताए ।त्यस्तै सभापति श्रेष्ठले जिल्लामा अब यसैगरी नेपाली काँग्रेसमा प्रवेश गर्नेको लहर बढ्दै जाने विश्वास व्यक्त गरे । उनले भने ‘सुखमा सबैले साथ दिन्छन् । तर दुखमा साथ दिने बिरलै हुन्छन् ।

काँग्रेस यतिबेला प्रतिपक्षमा छ ।’ नयाँ प्रवेशीहरुलाई बीपीले परिकल्पना गरेको समाजवादको बाटोमा विचल्लित नभई एकाकार हुन समेत सभापति श्रेष्ठले सबैलाई आग्रह समेत गरे । सचिव पन्थीले काँग्रेस सधैँ गरिब, दलित, अन्याय, अत्याचार, भष्ट्रचारका विरुद्ध लड्ने पार्टी भएको बताए ।

कांग्रेस सधैँ देश र जनताको पक्षमा काम गर्ने पार्टी भएको उल्लेख गर्दै सचिव पन्थीले भने ‘अहिले जनता भोकसँग लडिरहेका छन् । रोगले प्रताडित छन् । सरकारले उनीहरुको आवाज सुन्दैन । महसुस गदैन । काँग्रेसले भोकाहरुको पेट भर्न चाहान्छ ।