आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

तीन दिनभित्र कोरोना बीमा भुक्तानी गर्न निर्देशन

गोकर्णेश्वर खबर१९ मंसिर २०७७, शुक्रबार ०६:५९ मा प्रकाशित (३ साल अघि) ३७७ पाठक संख्या

काठमाडौं, मंसिर १९ (नागरिक)– कोरोना बीमाको मागदाबी भुक्तानी अझै पनि तोकिएको समयमा नभएपछि अर्थ मन्त्रालयले ३ दिनभित्र भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । यसअघिको निर्देशन पालना नभएपछि अर्थ मन्त्रालयले पुनः यस्तो निर्देशन दिएको हो ।

अर्थ मन्त्रालयले बीमा समितिमार्फत यस्तो निर्देशन दिएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । अब यस सम्बन्धमा बीमा समितिले बीमा कम्पनीहरूका लागि छुट्टै निर्देशन जारी गर्नुपर्ने हुन्छ ।

कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ भएपछि अर्थ मन्त्रालयले कात्तिक १८ गते बीमा समितिमार्फत ७ दिनभित्र भुक्तानी दिन निर्देशन दिएको थियो । तर, अझै पनि बीमा कम्पनीहरूले तोकिएको समयमा भुक्तानी दिएका छैनन् । त्यसपछि मन्त्रालयले अहिले ३ दिनभित्र नै दाबी भुक्तानी दिन निर्देशन दिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।