आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

नेता पौडेलले नै उद्घाटन गरे बुल्दीखोलाको पुल

गोकर्णेश्वर खबर१८ मंसिर २०७७, बिहीबार १४:३१ मा प्रकाशित (३ साल अघि) ४९८ पाठक संख्या

पोखरा । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज(बिहीवार) तनहुँ ब्यास नगरपालिकास्थित बुल्दीखोलाको पुल उद्घाटन गरेका छन् । बुधवार उद्घाटन गर्न नपाएको उक्त पुल कांंग्रेस नेता पौडेलले बिहिवार उद्घाटन गरेका हुन् ।

कांग्रेसका कार्यकर्ताले उद्घाटन समारोहमा बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजी समेत गरेका छन्।

तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्न जाने क्रममा पौडेललाई प्रहरीले पक्राउ गरेको थियो । पुल उद्घाटनमा नेता पौडेल जाने भएपछि नेकपा तनहुँ र राष्ट्रिय युवा संघ नेपालले विरोध गरेको थियो । पुल उद्घाटन विवादमा परेसँगै प्रशासनले पुल उद्घाटनलाई रोक्न आग्रह गर्दै निषेधाज्ञा समेत जारी गरेको थियो । निषेधाज्ञाका बावजुत पौडेल पुल उद्घाटन गर्न पुगेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर ३ घण्टापछि छाडेको थियो ।

युवा संघले विरोधका कार्यक्रमहरु तय गरेसँगै त्यसबाट हुने झडप रोक्न प्रशासनले बुधवार बिहान १२ बजेदेखि साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।