आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

नेता पौडेलकाे धरपकडविरुद्ध दोलखामा आन्दोलन

गोकर्णेश्वर खबर१८ मंसिर २०७७, बिहीबार १४:१६ मा प्रकाशित (३ साल अघि) ४३२ पाठक संख्या

आफ्नै गृहजिल्ला तनहुँमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार र गिरफ्तारीविरुद्ध दोलखामा कांग्रेसले आन्दोलन सुरु गरेको छ ।

सरकारले अधिनायकवादी शैलीमा आफ्नो पाटीका बरिष्ठ नेतालाई धरपकडसहित अभद्र व्यवहार गरेको भन्दै दोलखा कांग्रेसले नाराजुलुससहित आन्दोलन सुरु गरेको हो ।

रिकोटस्थित कांग्रेस कार्यालयबाट निस्केको संख जुलुस पशुपति मन्दिर हुँदै सातदोबाटो चोकमा पुगेर कोड सभामा परिणत भएको थियो ।

जुलुसमा कांग्रेस कार्यकर्ताहरुले सरकारको विरोध गर्दै नारा लगाएका थिए । सातदोबाटोमा आयोजित कोडसभामा दोलखा कांग्रेसका सभापति रुद्रबहादुर खड्काले लोकतन्त्रको उपहास गर्दै वर्तमान सरकारले अधिनायकवादी कदम सुरु गरेको आरोप लगाए ।

सभापति खड्काले कांग्रेसका वरिष्ठ नेतामाथि भएको दमन र धरपककड इतिहाँसमै नेपाली जनताको लागि कालो दिन भएको बताए ।

कार्यक्रममा कांग्रेसका जिल्ला नेता एवं महासमिति सदस्य बर्मा लामा, महेश्वर काफ्लेलगायतले सम्बोधन गरेका थिए ।

यो आन्दोलन केन्द्रिय समितिको निर्देशनका आधारमा गरिएको बताउँदै सरकारले माफी नमाग्नुजेल जारी रहने कांग्रेस नेताले जनाएका छन् ।