आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कांग्रेस वरिष्ठ नेता पौडेल प्रहरी नियन्त्रणमा

गोकर्णेश्वर खबर१७ मंसिर २०७७, बुधबार १६:२७ मा प्रकाशित (३ साल अघि) ४१३ पाठक संख्या

तनहुँ, १७ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञा तोड्दै नेता पौडेल पुल उद्घाटनमा जान खोजेपछि नियन्त्रणमा लिएको तनहुँ प्रहरीले जनाएको छ ।

बुधबार व्यास नगरपालिका–१ स्थित तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयलाई लिएर कांग्रेस र राष्ट्रिय युवा संघबीच विवाद चर्किएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले उक्त क्षेत्रमा बुधबार मध्याह्न १२ बजेबाट साँझ ६ बजेसम्मलाई निषेधाज्ञा लगाएको छ ।

वरिष्ठ नेता पौडेलले पनि आफूलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको बताएका छन् । आज पौडेलले तनहुँ व्यासस्थित तालघरे-दुम्सी जोड्ने बुल्दी पुल उद्घाटन गर्ने कार्यक्रम थियो।