आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

सचिवालय बैठकमै घम्साघम्सी, प्रचण्डले ओलीलाई भने- तपाईं को हो ?

गोकर्णेश्वर खबर१७ मंसिर २०७७, बुधबार ०७:०८ मा प्रकाशित (३ साल अघि) ३४२ पाठक संख्या

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालयको आज बालुवाटारमा विवाद समाधान गर्न बसेका बैठका दुईअध्यक्षबीच झन भयंकर घम्साघम्सी भएको छ ।

यसअघि मसिंर ३ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका केपीशर्मा ओलीविरुद्ध प्रस्ताव पेश गरेका थिए ।
प्रचण्डको काउन्टरमा ओलीले पनि १३ गते प्रस्ताव पेश गरेका थिए । दुवैको प्रस्तावले नेकपाको आन्तरिक विवाद झनै बढाएपछि दुवैको प्रस्तावमाथि छलफल गर्न हिजो बैठक बसेको थियो ।

तर हिजोको बैठकमा पनि दुई अध्यक्षबीच झनै बढी विवदा भएको हो । बैठकमा ओलीले बैठकमा आरोपपत्रमाथि छलफल हुन सक्दैन, फिर्ता हुनुपर्छ भनेपछि चर्काचर्की सुरु भएको बताइएको छ । ओलीको यस्तो धारणामा प्रचण्डले तपाईं को हो, मैले ल्याएको प्रस्ताव फिर्ता हुनुपर्छ, छलफल हुँदैन भन्ने ? भन्दै प्रतिवाद गरेका थिए ।

त्यसपछि ओलीले सीमा र मर्यादामा रहन भन्दै रुलिङ गर्न प्रयास गरेपछि प्रचण्डले यहाँ कसैले कसैलाई रुलिङ गर्न मिल्दैन, कमिटीमा सबैको हैसियत बराबर हो । कमिटीले जे भन्छ त्यसैगरी अगाडि बढ्छ । साथीहरू के भन्नुहुन्छ यसमा रु भन्दै प्रश्न गरेपछि बैठकमा दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्नुपर्ने समझदारी बनेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा अध्यक्ष ओली र दाहालले आ–आफ्नो धारणा राखेको र अन्य सदस्यहरूले छोटो रूपमा सामान्य धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले अब नेकपाका नेताहरूबीच औपचारिक र अनौपचारिक दुवै तहमा छलफल हुँदै जाने बताए । बैठक बुधबार आज १ बजे पुनः बस्ने छ ।