आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

गोकर्णेश्वर नगरपालिकामा बिद्यार्थीहरुलाई बाल ऐन तथा लागूऔषध सचेतना कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर२७ कार्तिक २०७७, बिहीबार ०९:४८ मा प्रकाशित (३ साल अघि) ५८७ पाठक संख्या

काठमाडौँ, कार्तिक २७ ।गोकर्णेश्वर नगरपालिका अन्तर्गत रहेका बिद्यालयका बिद्यार्थीहरुलाई बालबालिका ऐन तथा लागूऔषध दुर्व्यसन रोकथाम सचेतना कार्यक्रम सम्पन्न गरेको छ।

जोरपाटीमा  न्यायिक समिति संयोजक एबम गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, न्यायिक समिति सदस्य एबम गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्रकुमार भण्डारी न्यायिक समिति सदस्य एबम कार्यपालिका सदस्य सत्यभामा श्रेष्ठ  गोकर्णेश्वर नगरपालिका प्रशासन शाखा  प्रमुख  टंकनाथ घिमिरे, लेखा शाखा प्रमुख रामजी रायमाझी, प्रशिक्षक,बिनयकुमार पण्डित,प्रशिक्षक राधिका लामिछाने  लगायत  कर्मचारी तथा  छनौट गरिएका बिध्यालयका सिमित बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख तथा न्यायिक समिति संयोजक शान्ति नेपालले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेकी थिइन। उनले नगरपालिकाले बिध्यालयका बिद्यार्थीहरुलाई बाल ऐन सम्बन्धि जानकारी गराउन सो कार्यक्रम आयोजना गरिएको प्रष्ट पारिन  उनले बालबालिकाको सर्वाङ्गीण विकासका लागि विना कुनै भेदभाव गुणस्तरीय शिक्षा पाउनु पर्ने आवश्यकतालाई बाल अधिकार सम्बन्धी महासन्धीले समेत आत्मसाथ गरेको बताउदै    नेपालको संविधान, २०७२ तथा शिक्षा सम्बन्धी विविध दस्तावेजहरुले समेत शिक्षा प्राप्त गर्न पाउने बालबालिकाको अधिकारलाई स्थापित र मार्गनिर्देश गरेको बताइन  ।

 सिकाइमा दूव्र्यवहार, यातना र शारीरिक तथा मानसिक सजाय नगरी वैकल्पिक उपायहरु अपनाउनु पर्ने भन्दै  सबै बालबालिकाको सुधारको लागि समय, संयमता, समझदारी र सहभागितालाई ध्यान दिनुपर्ने जानकारी गराइन । बालबालिकालाई कुनै पनि प्रकारको हेला, हिंसा तथा दुव्र्यवहार आदिबाट संरक्षित भइ सुरक्षित वातावरणमा हुर्कन पाउने अधिकार  रहेको भन्दैगाउँ, समुदाय तथा टोलहरूमा स्थानीय स्रोत, साधनको प्रयोगमा बालबालिकामाथि हुने हिंसा, शोषण, दुव्र्यवहारजस्ता अधिकार उल्लंघनका घटना हुन नदिन रोकथामका उपायहरू अवलम्बन गर्न या त्यस्ता घटना भए गरेमा सोकाविरुद्ध मुद्दा उठान गर्न, त्यस्ता घटनाविरुद्ध बहस, पैरवी गर्न तथा पीडित तथा प्रभावित बालबालिकालाई आवश्यक सेवाहरू उपलब्ध गराउनका लागि नगरपालिकाले बिभिन्न काम गर्दै आएको जानकारी गराइन ।

उनले लागु औषध नियन्त्रण गर्नका लागि नगरपालिकले सामाजिक संस्थाहरुसंग सहकार्य गरेर बिभिन्न समय मा सचेतना कार्यक्रम समेत गर्दै आएको जानकारी गराउदै  बिद्यार्थीहरु कुलतमा नफसुन भनेर  लागु पदार्थ सेवन र लागु औषध  सेवन बाट हुने पारिवारीक तथा समाजिक क्षतिको जानकारी गराउने उद्देश्यले बिद्यार्थीहरुलाई  सचेतना  कार्यक्रम समेत राखिएको जानकारी गराइन।उनले सिकेका ज्ञान अन्य साथीहरुलाई पनि बाड्न अनुरोध  गर्दै  गोकर्णेश्वर नगरपालिकामा न्यायिक समितिले गर्दै आएको कामहरुको बारेमा समेत प्रकाश पारेकी थिइन ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले आयोजकलाइ धन्यबाद दिदै लागू औषधको सेवनले मानव शरिरमा हुने असर, र यसको बेचबिखन तथा औसार पसारले समाजमा पुर्याउने असरको बारेमा जानकारी गराएका थिए।  उनले लागूऔषध दुरुपयोगका कारण सामाजिक तथा मनोवैज्ञानिक समस्या पैदामात्र नभएर हत्या, लुटपाटलगायत आपराधिक क्रियाकलापसमेत बढ्ने बताए । लागू पदार्थको कुलतले गर्दा कैयौं ऊर्जाशील नागरिकहरूले ज्यान गुमाएका छन्, घरपरिवार विखण्डित बनाएका छन्, मान प्रतिष्ठा, धन सम्पत्ति गुमाएको बताए  । यसरी लागूऔषध प्रयोगका कारण व्यक्ति र परिवारदेखि सिंगो राष्ट्रसम्मले ठूलो क्षति व्यहोर्नु परेको  बताए  ।

कलिला किशोरकिशोरले लागूऔषध प्रयोग गर्न थाल्नुका पछाडि साथीहरूको संगत, तिनको दबाब, गरिबी, बेरोजगारी, अवसरबाट वञ्चित, एक्लोपन, मानसिक तनाव आदि कारण रहेको बताउदै तिनीहरूलाई लागूऔषध प्रयोगबाट आफ्नो  स्वास्थ्य, सामाजिक, आर्थिक लगायत क्षेत्रमा पर्ने प्रभावका सम्बन्धमा समयमै शिक्षा दिनु आवश्यक देखिएकोले नगरपालिकाले त्यस्ता कार्यक्रम गर्दै आएको जानकारी गराए । उनले लागूपदार्थ दुव्र्यसनी न्यूनीकरणमा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताउदै  विद्यालयमा पढ्ने उमेर समूहका विद्यार्थीहरु यसमा फस्न सक्ने जोखिम रहने हुँदा सजग हुन उनले आग्रह गरेका थिए।