आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

प्रधानमन्त्री ओलीलाई प्रचण्ड समूहको दोस्रो अल्टिमेटम, कात्तिक २७ भित्र बैठक बोलाउन माग

गोकर्णेश्वर खबर२६ कार्तिक २०७७, बुधबार ०६:५१ मा प्रकाशित (३ साल अघि) ६९५ पाठक संख्या

काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ‘प्रचण्ड’ समूहले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बोलाउने विषयमा दोस्रो अल्टिमेटम दिएको छ । मंगलबार साँझ पार्टी कार्यालय धुम्बाराहीमा प्रचण्डसहितका पाँच सचिवालय सदस्यको भेलाले अर्का अध्यक्ष केपी शर्मा ‌ओलीले कात्तिक २७ गते सचिवालय बैठक राख्न अल्टिमेटम दिएको हो ।

‘आज  प्रधानमन्त्री उपत्यकाबाहिर जाने कार्यक्रम रहेछ। भोली  कात्तिक २७ गते प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्षले सचिवालय बैठक राख्नुहुन्छ भन्ने आशा छ,’ भेलापछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरूसँग भने। प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले सचिवालय बैठक राख्न लिखित रूपमै अध्यक्ष ओलीसँग माग गरेका थिए।

धुम्बाराहीमा प्रचण्डसहित उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी रहेका थए । सचिवालयमा रहेका अन्य चार जना सदस्य भने धुम्बाराहीमा पुगेका छैनन् । यसअघि हामीले बैठक बोलाउन सक्दैनौ भनेर ओलीको निवेदन हालेको थिए ।