आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

एक महिनामै आउन सक्छ कोरोनाको खोप

गोकर्णेश्वर खबर२३ कार्तिक २०७७, आईतवार १७:३३ मा प्रकाशित (३ साल अघि) ५४६ पाठक संख्या

एजेन्सी / एस्ट्राजेनेका फार्मासियुटिकल्सका सिइओले आगामी डिसेम्बर अन्त्यसम्ममा कोरोना भाइरस खोप तयार भइसक्ने बताएका छन्।

नियमन गर्ने निकायहरूबाट अनुमति पाएपछि खोप सर्वसाधारणले प्रयोग गर्न पाउने गरी उपलब्ध हुने कम्पनीका सिइओ पास्कल सोरियटले बताएका हुन्।

‘नियमनकारी निकायहरू निरन्तर हाम्रा तथ्यांकहरू निगरानी गरिरहेका छन्। हामीले खोपका सबै काम सकिसक्दासम्म उनीहरूले पनि आफ्नो काम सके भने जनवरीदेखि हाम्रो खोप उपलब्ध हुनेछ। अझ डिसेम्बर अन्तिमदेखि नै सर्वसाधारणले खोप लाउन सक्नेछन्,’ एस्ट्राजेनेकाका सिइओ पास्कलका भनाइ उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले लेखेको छ।

एंलो-स्वीडिस कम्पनी एस्ट्राजेनेकाले बेलायतमा अक्सफोर्ड विश्वविद्यालयसँग सहकार्य गरी खोप बनाइरहेको छ। एस्ट्राजेनेकाको खोपमा संसारका धेरैले चासो राखेका पनि छन्। परीक्षणको तेस्रो चरणमा पुगिसकेको भएकाले यो खोपले कोरोना भाइरस महामारीसँग लड्न सघाउने आशा धेरैको छ।

पैसा पनि कमाउनेछौं। तर सबभन्दा पहिले त यो खोपले साँच्चै नै काम गर्छ भन्ने हामी निश्चित हुनुपर्छ।’

एस्ट्राजेनेकाको खोप गत सेप्टेम्बरमै तेस्रो चरणको परीक्षणमा प्रवेश गरेको थियो। तर परीक्षणमा सहभागीमध्ये केही व्यक्तिमा असर देखिएकाले परीक्षण रोकिएको थियो।

एस्ट्राजेनेकाको खोपका लागि युरोपियन युनियन, अमेरिका, बेलायत, जापान र ब्राजिलले पहिल्यै सम्झौता गरिसकेका छन्। यो खोपको चीनमा पनि परीक्षण भइरहेको साउद चाइना मर्निङ पोस्टले लेखेको छ।

त्यहाँ पनि यसका दुइटा परीक्षणमा सफल नतिजा आएको छ भने तेस्रो पनि प्रभावकारी देखिएको एस्ट्राजेनेका चीनका अपरेसन हेड लियोन जाङले जनाएका छन्।

यो बाहेक चीनले आफैं बनाउँदै गरेको खोप पनि तेस्रो चरणको परीक्षणमा छ। यो खोप सिनोभाक, वुहान इन्स्टिच्युट अफ बायो प्रोडक्सनर सिनोफार्म, केनसिनो बायोलोजिकल र बेजिङ इन्स्टिच्युट अफ बायोटेक्नोलोजीले बनाइरहेका छन्।

त्यस्तै रुसमा तयार भइरहेको स्पुतनिक–भी खोपमा पर्याप्त प्रतिरोधात्मक क्षमता विकास भएको एक रिपोर्टले जनाएको छ। मस्कोको गाम्ल्याया अनुसन्धान संस्थानका प्रमुख अलेक्ज्याण्डर गिटन्बर्गका अनुसार यो खोप सुरक्षित छ भन्न पर्याप्त उदाहरण छन्। रोग प्रतिरोध क्षमता बढाउन यसको अतिरिक्त डोजको आवश्यक पर्न सक्ने उनले बताएका छन्।

भारतीय बायोटेक, आइसिएमआर र नेसनल इन्स्टिच्युट अफ भाइरोलोजीले पनि संयुक्त रूपमा खोप बनाइरहेको छ। उनीहरूले बनाइरहेको खोपमा पनि विकास देखिरहेको छ।

अमेरिकी अमेरिकी फर्म नोभाभ्याक्सले परीक्षण गरिरहेको कोरोना खोप पनि तेस्रो चरणको परीक्षणमा पुगेको छ। त्यस्तै जोन्सन एन्ड जोन्सनले बनाइरहेको खोप पनि अन्तिम चरणको परीक्षणमा पुगेको बताइएको छ।

(साउथ चाइना मर्निङ पोस्ट र अन्य सञ्चारमाध्यमको सहयोगमा)