आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कोरोना संक्रमणबाट ३० दिने शिशुको उपचारका क्रममा मृत्यु

गोकर्णेश्वर खबर२१ कार्तिक २०७७, शुक्रबार १६:३६ मा प्रकाशित (३ साल अघि) २५७ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ३० दिने शिशुको उपचारका क्रममा मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा.विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिकाका ती शिशुको उपचारका क्रममा मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा पोखरा महानगरपालिकाकै ३० दिने शिशुको मृत्यु भएको र ती शिशुमा श्वासप्रश्वास तथा निमोनियाको समस्या रहेको डा.शर्माले बताएका छन् ।