आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

मन्त्रिमण्डल पुनर्गठन : विष्णु पौडेल अर्थमन्‍त्री (सूचीसहित)

गोकर्णेश्वर खबर२९ आश्विन २०७७, बिहीबार ०६:१५ मा प्रकाशित (३ साल अघि) ५९० पाठक संख्या

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेका छन् । बुधबार प्रधानमन्त्री ओलीले नेकपा महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

त्यसैगरी केही मन्त्रीको जिम्मेवारी हेरफेरसमेत गरेका छन् ।  उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर ओलीले  प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारीमा तानेका छन् ।

पार्टी महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाएका ओलीले लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवाारी दिइएको छ । त्यसैगरी कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बुधबार साँझ राष्ट्रपति कार्यालयले विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्रीको सिफारिसमा मन्त्री नियुक्ति र हेरफेरको निर्णय भएको जानकारी दिएको हो।