आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गम्भीर प्रकृतिका संक्रमित बढ्दै

गोकर्णेश्वर खबर१९ आश्विन २०७७, सोमबार ०६:५५ मा प्रकाशित (३ साल अघि) ३८६ पाठक संख्या

काठमाडौं,असोज १९ । केही दिन आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गम्भीर प्रकृतिका २ सय ६० जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३४ जना भेन्टिलेटर र २ सय २६ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् ।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा ११२ जना रहेका छन् । बाग्मतीमा २७ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । प्रदेश ५ मा ४४ जना आईसीयू र ६ जना भेन्टिलेटरमा छन् ।

प्रदेश १ मा २८ जना आईसीयू र १ जना भेन्टिलेटरमा र प्रदेश २ मा १७ आईसीयू उपचाररत छन् । सुदूरपश्चिममा ४ जना आईसीयू, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १५ आईसीयूमा उपचाररत रहेको आजको राजधानी दैनिकमा खवर छ ।