आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

गोकर्णेश्वर नगरपालिकामा असोज ४ गते सम्ममा ३३५ जनामा कोरोना भाइरसको संक्रमण

गोकर्णेश्वर खबर५ आश्विन २०७७, सोमबार ०९:२३ मा प्रकाशित (३ साल अघि) ९५७ पाठक संख्या

काठमाडौं,असोज ५ । गोकर्णेश्वर नगरपालिकाले २०७७ साल असोज ४ गते सम्मको कोरोना अपडेट वडागत रुपमा सर्वाजनिक गरेको छ।

जस अनुसार  हाल सम्म १८५ जना पुरुष र १५० जना महिला गरि कुल ३३५ जना संक्रमित रहेको उल्लेख गरिएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा ५ जना पुरुष र २ जना महिला गरि कुल ७ जना संक्रमित  भेटिएको उल्लेख गरिएको छ त्यसै गरि गोकर्णेश्वर नगरपालिका वडा नं २ मा ३ जना पुरुष र ५ जना महिला गरि कुल ८ जना संक्रमित रहेको जनाएको छ  ।

गोकर्णेश्वर नगरपालिका वडा नं  ३  मा २ जना पुरुष र ५ जना महिला गरि कुल ७ जना संक्रमित  भेटिएको उल्लेख गरिएको छ भने गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा १३  जना पुरुष र १०  जना महिला गरि कुल २३  जना संक्रमित  भेटिएको उल्लेख गरिएको छ ।

त्यस्तै गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा  ७८ जना पुरुष र ५९  जना महिला गरि कुल १३७  जना संक्रमित  भेटिएको उल्लेख गरिएको छ भने गोकर्णेश्वर नगरपालिका वडा नं ६  मा ५४  जना पुरुष र ३७  जना महिला गरि कुल ९१ जना संक्रमित  भेटिएको जनाइएको छ।

त्यसै गरि गोकर्णेश्वर नगरपालिका वडा नं ७ मा ६जना पुरुष र १०  जना महिला गरि कुल १६ जना संक्रमित  भेटिएको उल्लेख गरिएको छ भने गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा १७ जना पुरुष र १८  जना महिला गरि कुल ३५ जना संक्रमित  भेटिएको उल्लेख गरिएको छ ।त्यस्तै गोकर्णेश्वर नगरपालिका वडा नं ९  मा ७ जना पुरुष र ४ जना महिला गरि कुल ११ जना संक्रमित  भेटिएको उल्लेख गरिएको छ ।