आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वर ३ सुन्ताखानमा असोज १ गते रक्तदान कार्यक्रम हुने

गोकर्णेश्वर खबर३१ भाद्र २०७७, बुधबार ०९:२० मा प्रकाशित (३ साल अघि) ८६७ पाठक संख्या

काठमाडौं भाद्र ३१। “सामाजिक दुरी कायम गरि सुरक्षित तरिकाले रक्तदान गरौ ‘ तपाइको एक थोपा रगतले कसैको जीवन बचाउन सक्छौ “ भन्ने मूल नाराको साथमा कोरोना रोकथाम, व्यवस्थापन तथा असर न्यूनीकरण युवा समूहले प्रथम  रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

असोज १ गते गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखान स्थित देबी बाल सुधार माबीको प्राङ्गणमामा आवश्यक  स्वास्थ्य सुरक्षा   मापदण्ड अपनाई सुरक्षित तवरले बिहान ८ बजे देखि संचलान गर्न लागेको सो रक्तदान कार्यक्रममा सहभागी हुन आयोजकले अनुरोध गरेको छ ।‘प्रत्येक स्वस्थ व्यक्तिले आफ्नो १८ बर्षको उमेर संगै रक्तदान सुरुवात गरौ’  भन्दै आयोजकले इच्छुक व्यक्तिले रक्तदान गर्नको लागि निम्न नम्बरमा नाम टिपाउन समेत अनुरोध गरेको छ ।

सम्पर्क नं

९८६९५२५०७८

९८४९०६०४३९

९८१३८०७०२५