आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

गोकर्णेश्वर ३ सुन्ताखानमा बिरुवा गोडमेल तथा सरसफाई कार्यक्रम गरियो

गोकर्णेश्वर खबर२९ भाद्र २०७७, सोमबार ०८:०० मा प्रकाशित (३ साल अघि) ५३७ पाठक संख्या

काठमाडौँ, भाद्र २९ । गोकर्णेश्वर नगरपालिका वडा नं ३  सुन्ताखानमा बिगतमा रोपिएका बिरुवा गोडमेल तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्वयम् सेवक, लायन्स क्लब अफ काठमाडौं पन्चशिल र स्वतन्त्र टोल सुधार समितिले संयुक्त रुपमा सो कार्य गरेका हुन्।

हरियाली प्रवर्दनका साथै सडक सौन्दर्य बढाउनको लागि केहि महिना अघि गरिएको बिरुवामा मलजल गोडमेल गर्नुको साथै सरसफाई समेत गरिएको गोकर्णेश्वर नगरपालिका ३ स्वयं सेवक परिचालन समितिका संयोजक हरिबोल बिष्टले  जानकारी गराए।

बिरुवा लगाउनु मात्र ठुलो कुरा नभई उचित रुपमा रेखदेख तथा संरक्षण गर्नु महत्वपुर्ण पाटो भएको हुँदा त्यस्ता कार्यक्रमलाइ निरन्तरता दिदै जाने स्वतन्त्र टोल सुधार समितिका रामेश्वर बिष्टले बताए। उनले बढ्दो अव्यवस्थित सहरीकरणले हरियाली क्षेत्र मासिँदै गएको अवस्थामा हरियाली प्रवर्द्वनमा सहयोग पुर्याउनुको साथै सडक सौन्दर्य समेत बढाउने हुनाले बिरुवाको संरक्षण गर्न सो कार्यक्रम आयोजना गरेको उनले प्रष्ट  पार्दै  सो बिरुवा संरक्षणमा स्थानीयले पनि  सहयोग गर्नु पर्ने बताए ।