आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

प्रदेश २ का मन्त्री र सांसद कोरोना पोजेटिभ

गोकर्णेश्वर खबर२२ श्रावण २०७७, बिहीबार ०९:२१ मा प्रकाशित (३ साल अघि) २४५ पाठक संख्या

धनषा । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास विकास मन्त्रालय स्रोतका अनुसार बुधबार साँझ प्राप्त रिपोर्ट अनुसार मन्त्री यादवलाई कोरोना पोजिटिभ पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार प्रदेश सांसद रिना यादवलाई पनि कोरोना पोजिटिभ पुष्टि भएको छ ।

मन्त्री ज्ञानेन्द्रकुमार यादव मन्त्रालयको निवासमै होम आइसोलेसनमा बसेका छन् ।

त्यसैगरी, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र उपमेयर रिता मिश्रको सचिवालय र पारिवारिक सदस्यहरु पनि संक्रमित भएका छन् ।