आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

जनकपुर बि‍ग मार्टमा भिषण आगलागी

गोकर्णेश्वर खबर२१ आश्विन २०८०, आईतवार ०९:१३ मा प्रकाशित (६ महिना अघि) १९९ पाठक संख्या

जनकपुरधाम । जनकपुर बिग मार्टमा आगलागी भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका ९ स्थित रामानन्द चोकमा रहेको मार्टमा गएराति सवा १ बजे आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी पूर्ण रुपमा अझै नियन्त्रणमा आइनसकेको धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन आवाले जानकारी दिए।

‘कुनाकप्चामा आगो बलिरहेकै छ, हामी नियन्त्रणको प्रयासमा ‍छौँ । केही बेरमै आगलागी पूर्ण नियन्त्रणमा आउँछ,’ उनले भने ।

जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासका गरी पाँच वटा बारुणयन्त्र सहयोगमा आगलागी नियन्त्रणको प्रयास जारी रहेको उनले बताए।आगलागीको कारण भने खुलिसकेको छैन।

मार्टमा आगो सल्किँदा संचालक रामबाबु राय यादव दम्पत्ति दोस्रो तल्लामा सुतेका थिए। उनीहरूले भागेर ज्यान जोगाएको प्रहरीले जानकारी दिएको छ।

आगलागीबाट सम्पूर्ण सामान जलेर नष्ट भएको छ। आगलागिबाट साढे चार करोडका समान र घरमा भएको क्षति गरी १० करोडको क्षति भएको प्रारम्भिक विवरण छ।

आगलागी नियन्त्रणमा लिइसकेपछि क्षतिको विस्तृत विवरण संकलन हुने प्रहरी नायव उपरीक्षक आवाले बताए।