आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

काठमाडौंमा कोरोनाका सात सय २७ संक्रमित,अवस्था डरलाग्दो

गोकर्णेश्वर खबर२१ श्रावण २०७७, बुधबार ०७:३४ मा प्रकाशित (३ साल अघि) ८३९ पाठक संख्या

काठमाडौं, साउन २१ । उपत्यकामा हालसम्म सात सय २७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा काठमाडौंमा पाँच सय ४१ , ललितपुरमा एक सय नौ र भक्तपुरमा ७७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यस्तै मंगलबार उपत्यकाका तीन जिल्लामा थप ६२ जनालाई कोरोना पुष्टि भएको छ ।

यसैगरी काठमाडौं उपत्यका भित्रिने विभिन्न नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना पोजेटिभ देखिएको छ । उपत्यका भित्रिने साँगु, नागढुंगा र फर्पिङ नाकाबाट १० हजार आठ सय ५३ नमुना संकलन गरिएकोमा नागढुंगामा १६, साँगामा १३ र फर्पिङमा ११ जना गरी ४० जना जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।