आज: २० बैशाख २०८१, बिहीबार | Thu, 02, May, 2024

३ हजार ३३१ जनाको परीक्षण गर्दा ५७ जनामा देखियो कोरोना संक्रमण

गोकर्णेश्वर खबर४ श्रावण २०७७, आईतवार ०७:०३ मा प्रकाशित (३ साल अघि) ३३२ पाठक संख्या

काठमाडौं : नेपालमा कोरोना भाइरसबाट थप ५७ जना संक्रमित भएका छन्। गत २४ घण्टामा २७ वटा प्रयोगशालामा ३हजार ३ सय ३१ जनाको परीक्षण गर्दा ५७ जनामा संक्रमण देखिएको हो।

२४ घण्टामा १ सय ३ जना डिस्चार्ज भएका छन्। यससँगै देशभर कोरोना संक्रमित भएका ११ हजार ३ सय ३७ जना डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर  ५ हजार ८ सय २५ जना एक्टिभ केस रहेको छ।