आज: ३१ बैशाख २०८१, सोमबार | Mon, 13, May, 2024

कस्तो रहला दिनभरको मौसम ?

गोकर्णेश्वर खबर२ असार २०७७, मंगलवार ०८:१४ मा प्रकाशित (३ साल अघि) ३६५ पाठक संख्या

काठमाडौँ, २ असार । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी र मध्य भूभागमा मनसुनी वायु तथा पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल म्याग्दी, तनहुँ, काभ्रे काठमाण्डौं, सिन्धुली जिल्ला र आसपासका केही स्थानहरूमा वर्षा भईरहेको छ।

दिउँसोः सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका का धेरै स्थानहरुमा हल्कादेखि मध्ययम वर्षा हुने संभावना छ भने सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने सम्भावना छ भने सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। प्रदेश २ र बाग्मती प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।