आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

हाम्रो बारेमा

गोकर्णेश्वर खबर२६ आश्विन २०७५, शुक्रबार ०८:२१ मा प्रकाशित (५ साल अघि) २२६ पाठक संख्या

पृष्ठभूमि

लम्जुङको नगरोन्मुख गा.वि.स. भोटेओडारमा २०६७ सालमा जागरण सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लि. स्थापना गरिएको हो । यसै संस्थाअन्र्तगत सूचना र सञ्चारका माध्यमबाट समुदायमा जागरण ल्याउने उद्देश्यले रेडियो भाटेओडार ९०.८ मेगाहर्ज सञ्चालनमा आएको छ । ५०० वाट क्षमताको यस रेडियो लमजुङ, तनहुँ, गार्खा, मनाङसहित गण्डकी, धवलागिरी, नारायणी र लुम्बिनी अञ्चलका २५ जिल्लामा सुन्न सकिन्छ ।

हरेक दिन विहान ५ः३० देखि राति १०ः३० सम्म नियमित प्रसारण भइरहेको रेडियोमा नेपाली भाषाको अतिरिक्त स्थानिय गुरुङ भाषामा समाचार प्रसारण भइरहेको छ भने अन्य जात जाति र भाषाभाषीका समाचार र कार्यक्रम पनि प्रसारण गर्ने योजना छ । स्थानिय लोकसङगीतको जगेर्ना गर्न विशेष कार्यक्रम प्रसारण गर्नुका साथै श्रोता सहभागितामुलक र अन्तक्र्रियात्मक कार्यक्रम, बालबालिकाका लागि बालमञ्जरी कार्यक्रम, कृषि कार्यक्रम, भूपू सैनिकसम्बन्धि कार्यक्रम, जेष्ठ नागरिक, स्वरोजगार कार्यक्रम प्रसारण गर्ने गर्दछ ।

देशभित्रका मुख्य समाचार तथा राष्ेिट्रय अन्तराष्ेिट्रय ताजा समाचार घण्टैपिछे प्रसारण गर्नुका साथै विशेष गरेर बिहान राजधानीबाट प्रकाशित भएका दैनिक पत्रपत्रिकाका समाचारलाई सामुदायिक रेडियो प्रसारक संघ (एक्यो¥याब)मार्फत् र दिउँसो र बेलुका मैत्री नेटवर्कमार्फत् विश्लेषणसहितका रिपोर्ट र समाचार प्रसारण गर्दछौं । मैत्री नेटवर्क र एक्यो¥याबमार्फत देशभर जोडिएका छौं हामी । त्यसैगरी विश्वभरिका समाचारको सङ्लो विविसी नेपाली सेवाको कार्यक्रम पनि नियमित रुपमा प्रसारण हुँदै आएको छ । निकट भविष्यमा हामी अझ प्रभावकारि कार्यक्रम लिएर आउने विश्वास दिलाउँछौं ।

हामी प्रतिश्पर्धामा विश्वास गर्दछौं तर फगत नाफाका लागि अस्वस्थ प्रतिश्पर्धा गर्दैर्नौ । हामीसँग अवकाशप्राप्त शिक्षक, गुरुवर्ग, भुपु सैनिकहरु, समाजसेवी, वुद्घिजीवी, आमा समूह, भुपु विद्यार्थी, सचेत र स्वाबलम्बी महानुभावको साथ, सहयोग र लगानी छ । त्यसैगरी लगनशील, कर्मशील र दक्ष युवा जाशक्ति रहेको छ । हामी उच्चस्थरीय प्रविधिले युक्त स्टुडियो र उपकरण रहेका छन् ।

“सञ्चारमा नौलो आयाम जागरुकता, निष्पक्षता र पारदर्शीता” भन्ने मूल मर्मलाई आत्मसात् गरेको यस रेडियोको भोटेओडार–८ स्कुलचोकमा प्रसारण केन्द्र रहेको छ । रेडियो भोटेओडारले यस क्षेत्रको आफ्नै पहिचान स्थापित गर्ने र लमजुङ जिल्ला लगायत यस क्षेत्रका विभिन्न धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय स्थलको खोज, अन्वेषण र प्रचार गरी संसारलाई चिनाउने लक्ष्य राखेको छ ।

समाजमा द्वन्द्व होइन, शान्ति, विनाश होइन विकाश र नकारात्मकता होइन, सकारात्मकता स्थापित गर्नु नै यस संस्थाको पवित्र उद्देश्य रहेको छ । संस्था हामी सबैका साझा हो, यसको उन्नति, प्रगति नै हामी सबैको उन्नति हो, प्रगति हो । साझा विषयवस्तुमा संवाद, सहकार्य र एकताका माध्यमबाट अगाडि बढ्नुले नै हाम्रो हित हुन्छ । यसैमा हामी, हाम्रो समुदाय र यस क्षेत्रको विकाश सम्भव छ, गर्ने हामी हौं । हामी सँगसँगै अगाडि बढौं । सबैसँग हाम्रो विनम्र अनुरोध छ ।

परिकल्पना

सहकारी सिद्घान्त र मुल्यमान्यताअनुरुप संस्था संञ्चालन गरि विज्ञान र प्रविधिले सूचना संञ्चारको क्षेत्रमा आविष्कार र गरेका सम्पूर्ण संञ्चारमाध्यमसँग समुदायको सरल र सहज पहुँच स्थापित गर्न सक्ने सक्षम संस्थाको रुपमा जागरण सामुदायिक सूचना तथा संञ्चार सहकारी संस्था लि. लाई स्थापित गराउने ।

लक्ष्य

सूचना र संञ्चारका माध्यमबाट समुदायमा तथ्यपरक सूचना समाचार सम्प्रेषण गरी अर्थिक, सामाजिक, शैक्षिक एवम् वातावरणीय क्षेत्रसँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गरेर समुदायका सदस्यको चेतनास्तर अभिवृद्घि गर्ने र सभ्य सुसंस्कृत समाज निर्माणमा योगदान गर्ने ।

उद्देश्य

१) ताजा सुचना र समाचार सम्प्रेषण गर्ने

२) समुदायका सदस्यलाई यस संस्थामा आबद्घ गरी पुँजीगत स्रोतको वृद्घि गर्ने ।

३) समुदायका सदस्यहरुमा सकारात्मक सोचाईको विकाश गरी सकारात्मक परिवर्तन ल्याउन बल पु¥याउने ।

४) उद्योग, व्यापार, कृषि, पशुपालन व्यवसाय प्रवद्र्घनमा सक्रिय भुमिका खेल्ने ।

५) यस क्षेत्रलाई बस्नलायक ठाउँको रुपमा विकाश गरी बौद्घिकवर्ग पलायन हुनबाट रोक्ने ।

६) पुस्तकालय व्यवस्थापन, टेलिभिजन सञ्चालन, दैनिक पत्रिका प्रकाशन गर्ने ।

७) प्रतिभाको खोजी गरी स्थापित गराउने ।

८) ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक वृद्घि गर्न सहयोग पु¥याउने ।

९) समाज शान्ति, सद्भाव र एकता कायम गर्न भुमिका निर्वाह गर्ने ।

१०) संस्थालाई अविछिन्न रुपमा सञ्चालन गर्न आकाास्मिक कोष स्थापना गर्ने ।

११) संस्थाका शेयर सदस्यहरुलाई शेयर रकमको बोनस वितरण गर्ने ।

संस्थाको वर्तमान स्थिति

शेयर सदस्य संख्या ः २००

(शेयर सदस्य संख्या १००० पु¥याउने लक्ष्य)

महत्वपूर्ण जानकारी

१. रेडियो भोटेओडार (९०.८ मेगाहर्ज)

१.१ क्षमता ः ५०० वाट

१.२ प्रसारण प्रणली – भोटेओडार–८, वालुनेचोक

१.३ प्रसारण केन्द्र–भोटेओडार–६, पर्यटकीयस्थल तार्कुकोट

१.४ रेडिया प्रसारण सुरु – २०६९ असोज ६ गते