आज: ३१ बैशाख २०८१, सोमबार | Mon, 13, May, 2024

कोशीबाट कांग्रेसका सिटौला राष्ट्रिय सभा सदस्य निर्वाचित

गोकर्णेश्वर खबर११ माघ २०८०, बिहीबार १८:०१ मा प्रकाशित (३ महिना अघि) १८८ पाठक संख्या

विराटनगर । नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला कोशीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन्।

बिहीबार भएको मतगणनाबाट सिटौला निर्वाचित भएका हुन्। कांग्रेस पूर्वमहामन्त्रीसमेत रहेका सिटौला गठबन्धनबाट साझा उम्मेदवार थिए।

सिटौला पाँच हजार दुई सय ९२ मतभारसहित निर्वाचित भएका हुन्।

कोशीमा नेकपा (एमाले) र राप्रपा गठबन्धनबाट राप्रपाका उद्धव पौडेल पराजित भए।

उनले चार हजार पाँच सय ६२ मतभार ल्याएका छन्। सिटौला ७३० मतभारसहित निर्वाचित भएका हुन्।

सत्ता गठबन्धनबाट कोशीमै उम्मेदवार रहेकी माओवादी केन्द्रकी चम्पादेवी कार्की भने पराजित भइन्। यहाँ नेकपा एमाले राप्रपा गठबन्धनकी साझा उम्मेदवार एमालेकी रूक्मिणी कोइराला निर्वाचित भएकी हुन्।